राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले सहयोग र सम्मान गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल

दक्ष खबर 16458+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै यस्तो बताउनुभएको हो । महासंघले गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उहाँले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताउनु भयो । उहाँले पलेशा जस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्थाहरुले सम्मान गर्नुपर्ने बताउनु भयो । पलेशाको जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘गौरव बढाउनका लागि पहिलो पटक ६० वर्षको इतिहासमा पहिलो पटक पदक प्राप्त भएको छ । धेरै धेरे बधाई छ, निजी क्षेत्रको तर्फबाट । प्रशिक्षकज्यु जो हुनुहुन्छ, आउने दिनमा यहाँको प्रशिक्षण उहाँ जस्ता अझ धेरै खेलाडीहरुलाई पदक दिन अझ प्रेरणा मिल्नेछ । यस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्था र निजी क्षेत्रले सम्मान गर्नुपर्छ । प्रोत्साहनका प्रयास भइराखोस् । नेपाल र नेपालीको शिर उँचो राख्नलाई पदक जित्ने काम गर्नुभयो, यसले खास गरी खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा दिनेछ । आन्तरिक र वाह्य रुपमा आउने दिनमा अझ पदक प्राप्त गर्न र खेल क्षेत्रमा लाग्न प्रेरणा मिलोस् । यस्ता किसिमका प्रतिभालाई प्रोत्साहन गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दछु ।’

सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले पदक जितेसँगै आफूले एउटा उद्देश्य पूरा गरेको महशुस गरेको बताउनु भयो । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक जित्ने बताउनु भयो । उहाँले प्रयास गरे असम्भव केही नभएको बताउनु भयो । पहिला नै राज्यले हेरेको भए आफूले गोल्ड मेडल नै जित्ने दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ओलम्पिकको पहिलो मेडल हो । यसमा म पनि धेरै खुशी छ । मैले मेरो एउटा उद्देश्य पूरा गरेको छु जस्तो लागेको छ । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु भन्ने आशावादी छु । प्रयास गर्दा केही असम्भव छैन । पहिला नै राज्यले हेरेको भए हामीले गोल्ड नै ल्याउने थियौँ होला । एउटा असम्भव कुरालाई सम्भव गरेर देखायौँ । अझ पनि भन्नेछु म प्रयास गर्नेछु  ।’ महासंघले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि सम्मान गरेको छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार