विनायक सिद्ध कलेजका विद्यार्थीहरूले यसरी मनाए 'अन्तराष्ट्रिय सामाजिक कार्य दिवस'

दक्ष खबर 16456+ समाचार ( )
७ फाल्गुन २०८०, बुधवार


काठमाडौँ । काठमाडौँको चावहिलमा अवस्थित विनायक सिद्ध कलेजका विद्यार्थीहरूले विभिन्न कार्यक्रमका बिच अन्तराष्ट्रिय सामाजिक कार्य दीवस सम्पन्न गरेका छन् । 

मार्च १९ अर्थात् अन्तराष्ट्रिय सामाजिक कार्य दीवसका अवसरमा विभिन्न सामाजिक कार्यक्रम सँगसँगै बहुआयामिक तरिकाबाट कलेजका विद्यार्थीले "विश्वभरि परिवर्तनकारी परिवर्तनका लागि साझा भविष्य" भन्ने नारा सहित दिवस मनाएका हुन् । 

 उक्त सामाजिक कार्यका दिन विद्यार्थीहरूले कलेज परिसरमा चिया बेचेे उठेको पैसाले सडक मानवलाई साथसहयोग पुर्याउने प्रतिवद्धता जनाउँदै आएका छन् । 

विद्यार्थीहरूलाई समय सापेक्ष रूपमा शिक्षा प्रदानका निम्ति उक्त कार्यहरू गर्न आवश्यक रहेको कलेजले जनाएको छ । विनायक सिद्ध कलेज उत्कृष्ट सँगसँगै गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको छ । 

उनिहरूले पशुपति, चावहिल, बौद्ध लगायतका क्षेत्रको पसलहरूमा पुगेर चिया बेच्नुका साथै रकम संकलन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार