इन्द्रजात्रा राष्ट्रिय पर्व हो, हामी सबै मिलेर मनाऊ : आशामान संगत

दक्ष खबर 15034+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडाअध्यक्ष आशामान सङ्गतले इन्द्रजात्रा कुनै व्यक्ति वा संस्थाको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभएको छ । उहाँले, सबै मिलेर यसको गरिमा र महत्वअनुसार मनाउनुपर्नेमा संगतले जोड दिनुभयो ।

इन्द्रजात्राको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक संगतले काठमाडौँ महानगरपालिकाले यस पर्वलाई “मेरो मात्र जात्रा होइन, हाम्रो जात्रा” भन्ने अवधारणामा अघि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले,"जात्रालाई मर्यादित, व्यवस्थित र सबैले सहज अवलोकन गर्न सक्ने वातावरण बनाउन महानगरपालिका सक्रिय रहेको उल्लेख गर्नुभयो ।"

संगतले, इन्द्रजात्रा केवल परम्परागत संस्कारको निरन्तरता मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोक्ने पर्व भएको बताउदैँ यसलाई बाह्य मुलुकबाट आउने पर्यटकलाई आकर्षित गर्दै ऐतिहासिक तथा सांस्कृतिक गहनता बुझाउने खालको अवसरका रूपमा उपयोग गर्ने तयारी गरिएको छ ।

“काठमाडौँको इन्द्रजात्रा काठमाडौँमै सीमित छैन, यो सम्पूर्ण नेपालकै पहिचान दिने पर्व हो । यसलाई संसारभर देखाउन सकिने गरी प्रस्तुत गर्ने लक्ष्य लिइएको छ,” संयोजक संगतले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार