मधेशमा पानीकाे संकटविरुद्ध नेपाल विद्यार्थी संघको आवाज, खानेपानीमन्त्रीलाई ज्ञापनपत्र 

दक्ष खबर 16457+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

काठमाडौँ । तराई–मधेशमा भएकाे पानी संकटप्रति गम्भीर चासो राख्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले खानेपानी मन्त्रालयलाई औपचारिक ज्ञापनपत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आदित्य कुमार दासको नेतृत्वमा खानेपानीमन्त्री प्रदीप यादवलाई औपचारिक ज्ञापनपत्र बुझाइएको हाे । 

जलस्रोतमा सम्पन्न मुलुक भएर पनि पानीकै कारण हजारौँ मधेशी किसान र जनता प्यास र पीडामा पर्नु राज्यको लापरवाहीको प्रतीक भएकाे धारणा संघकाे रहेकाे छ । 

ज्ञापनपत्रमा तत्काल ५०० डिप बोरिङ र ट्याङ्करमार्फत आपतकालीन पानी आपूर्ति सुनिश्चित गर्न, तथा दीर्घकालीन समाधानका लागि नीति निर्माण गर्न माग गरिएको छ । साथै, संघले चेतावनी दिएको छ,“यदि सरकारले गम्भीरता नदेखाए, विद्यार्थीहरू सडकमा ओर्लिने बताइएकाे छ”

दासले मन्त्रीसँग भने, “मधेशको माटो सुक्दा सिंगो देशको मुटु सुक्छ । अब पीडित जनताको आवाज दबाउन खोजियो भने हामी विद्रोह गर्छौं।”

नेपाल विद्यार्थी संघले यो संघर्षलाई अब नारामा होइन, कार्यान्वयनको बाटोमा अघि बढाउने स्पष्ट पारेको छ । यो अभियान केवल ज्ञापनपत्रमा सीमित रहने छैन जनताको पीडा समाधान नभएसम्म विद्यार्थीहरू पछि नहट्ने जनाइएकाे छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार