गोनपा ८ द्वारा नवनियुक्त जनजाति संयोजक फुर्साङ लामा तामाङ्गलाई सम्मान

दक्ष खबर 13091+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

 काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ ले नवनियुक्त गोकर्णेेश्वव नगरपालिकाका जनजाति संयोजक फुर्साङ लामा तामाङ्गलाई सम्मान गरेको छ ।

नगरपालिकाले एक पत्र जारी गर्दै गोकर्णेेश्वव नगरपालिकाको जनजाति संयोजकमा फुर्साङ लामा तामाङ्गलाई नियुक्त गरेको हो ।


सम्मान कार्यक्रममा वडा अध्यक्ष नन्दलाल श्रेष्ठले नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै फुर्साङ लामा तामाङ्गलाई बदाई ज्ञापन गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले व्यक्ति चिनेर नै जनजाति संयोजकमा लामालाई नियुक्त गरेको समेत बताउनुभयो ।

नवनियुक्त जनजाति संयोजक फुर्साङ लामा तामाङ्गले सबै सँगको सहकार्यमा आफु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा वडा अध्यक्ष सहित वडा सदस्यहरूको समेत सहभागिताता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार