काठमाडाैँ । लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ ई को लायन वर्ष २०२५/२६ का लागि सर्वसम्मत रूपमा गभर्नर, फष्ट भाइस डिस्ट्रिक गभर्नर, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा एकल उम्मेदवारी परेको छ ।
बुधबार आयाेजित नाेमिनेशन कार्यक्रममा डिस्ट्रिक गभर्नरमा लायन हिरा गुप्ता, फष्ट भाइस डिस्ट्रिक गभर्नरमा लायन्स श्याम कुमार यादव तथा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन विमल कुमार श्रेष्ठकाे एकल उम्मेदवारी परेको हो ।
मल्टिपलको अडनेटर, लायन म्यागजिन चिफ इडिटर लायन अनन्त प्रसाद भेटवालले,"लायन हिरा गुप्ता डिस्ट्रिक गभर्नरमा, लायन्स श्याम कुमार यादव फष्ट भाइस डिस्ट्रक गभर्नर तथा लायन विमल कुमार श्रेष्ठ सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा एकल उम्मेदवारी परेको बताउनुभयो । "
उहाँले,"फेरि एकपटक अद्वितीय हिसावमा डिस्ट्रिक ३२५ ई को तिनै वटा गभर्नरीय पदहरूमा निर्विरोध उम्मेदवारी दर्ता भएकाे र याे हर्षोल्लासको कुरा भएकाे बताउनुभयाे । उहाँले ४०० भन्दा बढि लायन्स तथा लियोहरूले हर्षनादका साथ तिनैजना उम्मेदवारहरूलाई आफ्नो समर्थ ब्यक्त गरेकाे बताउँदै यो समर्थन सेवा योगदान र नेतृत्व विकासमा तथा सदस्यता वृद्धिमा पनि एकै हुने बताउनुभयाे । "
लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथ ३२५ ईको प्रेसिडेन्ट लायन दिपेश श्रेष्ठलको अध्यक्षतामा लायन विमल कुमार श्रेष्ठलाई सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा चयन गरिएको थियो ।