बौद्धका प्रमुख राजु पाण्डे तथा ट्राफिक इन्चार्ज लेखनाथ मैनालीलाई सम्मान गोनपा वडा ५ र ६ को स्वागत एवं सम्मान

दक्ष खबर 15672+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा ५ र ६ को सम्युक्त आयोजनामा बौद्ध महानगरिय वृत बौद्धका प्रमुख राजु पाण्डे तथा ट्राफिक इन्चार्ज लेखनाथ मैनालीलाई स्वागत एवं सम्मान गरेको छ ।

आज आयोजित एक समारोहका बिच बौद्ध महानगरिय वृत बौद्धका प्रमुख राजु पाण्डे तथा ट्राफिक इन्चार्ज लेखनाथ मैनालीलाई स्वागत एवं सम्मान गरिएको हो ।

कार्यक्रममा बौद्ध महानगरिय बृतका प्रमुख राजु पाण्डेले समाजका जुनसुकै घटनाहरूमा आफुहरूले राम्रो सँग छानबिन गरिरहेको र आगामी दिनहरूमा पनि चुस्त दुरूस्त रूपमा अगाडि बढाउने बताउनुभयो ।


गोकर्णेश्वर नगरपालिका वडा ६ का वडाअध्यक्ष नवराज लामाले जनप्रतिनिधि र प्रहरी बिचको काम एउटै भएको र त्यो जनताको सेवा सुविधा र समस्यालाई समयमा नै समाधान गर्नु रहेको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडाअध्यक्ष नारायण बहादुर सुवेदीले विविध घटानाको समस्यालाई प्रहरीले निस्पक्ष छानबिनका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडाअध्यक्ष नारायण बहादुर सुवेदीको सभापतित्वमा आयोजित एक समारोहका बिच गोकर्णेश्वर नगरपालिका वडा ६ का वडाअध्यक्ष नवराज लामाको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बरिष्ठ समाजसेवी लगायत स्वास्थकर्मी तथा विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार