प्राइम टाइल्स विथ स्टाइल अब नेपाली बजारमा

दक्ष खबर 11580+ समाचार ( )
१४ आषाढ २०८०, बिहीबार


काठमाडौँ । प्राइम सेरामिक्स् प्रा. लीले बिहिबारदेखि आफ्नो उत्पादन प्राइम टाइल्स विथ स्टाइल लाई बिक्री वितरणमा ल्याएको छ । भुई र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो ।

निविन तथा आकर्षक डिजाइन युक्त टायल उत्पादनद्वारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स प्रा. लीले रौतहटस्थित बृन्दावन नगरपालिका-६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा स्वचालित पूर्ण रूपमा उद्योगीको स्थापना गरेको हो ।

विश्वमा सेरामिक प्रविधिमा अव्वल इटालियन बहुराष्ट्रिय कम्पनी एस्. ए. सी. याम् .आई को सम्पूर्ण मेसिन प्रयोग गरिएको यश उद्योगको उत्पादन गुणस्तरको हिसावले कुनै पनि तवरले कम नरहेको र अन्तरास्ट्रिय ब्रान्ड सँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको रहेको कम्पनीले जनाएको छ ।

हाल बार्षिक १५ अर्ब बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँच भन्दा बाहिर रहेको र यश उद्योगले देशको कुल खपतको लगभग एक चौथाई माग पूरा गर्ने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीले अरू टायलको तुलना १५ देखि २० प्रतिशत कम मुल्यमा टायल बेच्ने बताएको छ । विगत दुई वर्षदेखि टायल व्यापार गर्दै आईरहेको कम्पनीले सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्वारा प्रवद्धित प्राइम सेरामिक्स प्रा. ली को कुल लगानी दुई अर्व रूपैयाँ रहेको छ ।

दैनिक डेढ लाख बर्ग फिट उत्पादन क्षमता रहेको यश उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार