काठमाडौँ । काठमाडौँको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजका विद्यार्थी सुशान्त दुलालले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर नेपाल टप गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ३.९६ जिपिए ल्याएर दुलालले नेपाल टप गरेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा सहभागी ३ लाख ९० हजार ८ सय ६८ जना सहभागी परीक्षामा सेन्ट लरेन्सका ५०५ जना विद्यार्थीहरू सहभागी रहेका थिए । विद्यार्थी संख्याका आधारमा सुशान्तले सर्वोकृत ४ जिपिएमा ३.९६ जिपिए सहित नेपाल टप गरेका हुन् ।
विद्यार्थीहरूले उत्कृष्ट नतिजा प्राप्त गरेपछि क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनले,' यो नतिजा प्राप्त गर्न विद्यालय परिवारको महत्त्वपूर्ण भुमिका रहेको बताउदैँ विद्यार्थीको लगनशीलताले सम्भव भएको उल्लेख गर्नुभयो ।'
उहाँले, विद्यार्थीको लगनशीलता, शिक्षकहरूको प्रतिवद्धता र विद्यालय परिवारको एकताले मात्र यी कुराहरू सफल भएको बताउनुभयो ।
सेन्ट लरेन्स कलेज चावहिल क्षेत्रको गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको कलेज हो । यहाँ विभिन्न संकायमा गुणस्तरीय शिक्षा आर्जन गराइन्छ ।