मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

दक्ष खबर 16484+ समाचार ( )
२६ मंसिर २०८२, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा चार जना मन्त्रीहरू थपिने भएका छन् ।

शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम तय गरिएको छ ।

आज शपथ लिने मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी र माधव चौलागाईं रहेका छन् ।  

श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार