काठमाडौँ । प्रहरी वृत्त बौद्धका प्रमुख जयश्वर रिमालले वृत्त मातहतका निकाय तथा टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थितीमा शान्ति सुरक्षाको अवस्थाबारे अन्तक्रिया गर्नु भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा ५ मा आयोजित अन्तर्क्रियामा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदीको विशेष आतिथ्यतामा भएको थियो । सो अवसरमा रिमालले प्रहरी र स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिका विषयमा अन्तर्क्रिया भएको थियो ।
टोलटोलमा भट्टी पसल, देह व्यापार, ध्वनी प्रदुषण गर्ने मोडिफाई बाइक जस्ता विषयमा व्यापक जनगुनासो आए पछि बौद्ध वृत्तका प्रमुख डीएसपी रिमालले सम्वन्धित स्थानीय प्रहरी बिटका प्रमुखलाई सो नियन्त्रण गर्न निर्देशन दिनुभयो । यसैगरी, रिमालले भट्टीपसल बेलुका ९ बजे पछि सञ्चालन रोक लगाउन समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता सुवेदीले सुरक्षा व्यवस्थापनका लागि प्रहरी र टोलसुधार समिति, स्थानीय समुदायसँग सहकार्यलाई नगरपालिका र वडाले प्राथमिकता दिएको बताउनुभयो । यसैगरि समस्या देखिएका क्षेत्रमा थप सहकार्य र समन्वयका साथै आवश्यकता अनुसार सीसीटीभी व्यवस्थापन गर्दै जाने सुवेदीले बताउनुभयो ।