महाशिवरात्रीमा राष्ट्रपतिलाई जयवागेश्वरीदेखी हिड्दै पशुपतिनाथको दर्शन गर्न प्रस्ताव 

दक्ष खबर 16514+ समाचार ( )
२२ माघ २०८०, मङ्गलबार

काठमाडौँ । महाशिवरात्री पर्व नजिकिए सँगै राष्ट्रपति रामचन्द्र पौडेललाई जयवागेश्वरी मन्दिर परिसरबाट पशुपतिनाथ मन्दिर दर्शनार्थ पैदल यात्राका लागि प्रस्ताव गरिएको छ । 

काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडा अध्यक्ष आशामान संगत वडा सदस्यहरू  सरस्वती राज भण्डारी, सलोनी ओडारी, राज्यलक्ष्मी भुसाल तथा  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु खत्री सहित काठमाडौँ महानगरपालिकाको सम्पदा विभागका टोलीहरूले आज राष्ट्रपति भवन शितल निवासमा भेटघाट गर्दै उक्त प्रस्ताव गर्नुभएको हो । 


प्रस्तावमा राष्ट्रपतिले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरेर समय अनुकुल मन्दिर प्रवेशका लागि पैदलयात्रा गर्ने बताउनुभएको वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । 

वडाअध्यक्ष संगतले काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारीसाधनलाई पूर्णरूपमा निषेध गर्ने भएसँगै आफुले राष्ट्रपति सँगको भेटघाटमा उक्त प्रस्ताव प्रस्तुत गरेको उहाँले बताउनुभयो । 

राष्ट्रपतिको सुरक्षा प्रमुखले उक्त स्थानको अवलोकन गर्ने र त्यहाँको वस्तुस्थिति नियालेर गाडी या पैदल यात्रामा जाने निर्णय गरिने उहाँले बताउनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार