एन्फा साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, धुलिखेलमा विवाद (तस्बिरसहित)

दक्ष खबर 13091+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ ।

थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गर्नुभयो । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताउनु भयो । उहाँले अदालतको आदेश मान्दिन भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “कि अदालतको निर्णय मान्दिन भन्नुप¥यो, कि साधारणसभामा प्रवेश दिनुप¥यो, नत्र रोकेर राख्न मिल्छ ? हिजो अन्तरिम आदेश दियो, मलाई र गौरव थापालाई साधारण सभामा नरोक्नु भनेर । एन्फाको तर्फबाट मेरो खारेजी गर्न अध्यक्षजी स्वयं आउनुभयो । बहस भयो तर खारेजी भएन तर अहिले उहाँहरु छिर्न दिनुहुन्न मलाई ।” 

थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उहाँ साधारणसभामा सहभागी हुन पुग्नुभएको थियो । तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “अफिसियल्ली हिसावले निर्णय भन्नुभएको छ । त्यो सचिवालयलाई थाहा होला, हामीलार्य थाहा छैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५–३० वटा मुद्दा छन् । कुन आदेश सचिवालयमा आयो÷आएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ ।”

सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्वन गरेको थियो । सो निलम्वन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिवन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थाल्नुभएको छ । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार