दिपक रिसालकाे पहलमा गोकर्णेश्वरका विद्यार्थीहरूलाई अर्गानिक खाजा खुवाउने अभियान सुरु

दक्ष खबर 16514+ समाचार ( )
१७ पौष २०८१, बिहीबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले विद्यालयका विद्यार्थीहरूलाई अर्गानिक खाजा खुवाउने अभियान सुरु गरेको छ । नगरप्रमुख दिपक रिसालको नेतृत्वमा चलाइएको यो अभियानले ५५ हजार विद्यार्थीको स्वास्थ्यलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

नगरपालिकाले विद्यालयहरूमा जंक फूड बेच्न पूर्णरूपमा प्रतिबन्ध लगाएको छ भने, यसको साटो, विद्यार्थीहरूलाई पौष्टिक र जैविक खाना खुवाउने नीति ल्याइएको नगरप्रमुख दिपक रिसालले बताउनुभयाे । उहाँले, “हामी गफ होइन, काममा विश्वास गर्छौं। विद्यार्थीहरूको राम्रो स्वास्थ्यका लागि यो नीति लागू गरेका हौं ।”

नगरपालिकाले आफ्नै पहलमा किसानहरूसँग सहकार्य गरी विद्यालयहरूमा अर्गानिक खाजा आपूर्ति गर्ने व्यवस्था मिलाउने हाे । यो अभियानले विद्यार्थीहरूको पोषण स्तर सुधार्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

विद्यालय व्यवस्थापन समिति, अभिभावक, र स्थानीय समुदायको समर्थनमा गोकर्णेश्वर नगरपालिकाले यो नीति प्रभावकारी रूपमा लागू गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार