पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारीका सदस्य बीच विवाद, स्ववियु सभापति ज्योति पनेरु र सदस्य परियार घाइते

दक्ष खबर 14880+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौँ । काठमाडौँको बागबजार रहेको पद्मकन्या बहुमुखी क्याम्पसमा भएको आपसी विवाद र झै-झगडा भएको प्रति नेपाली विद्यार्थी संघले भत्सर्ना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले दोषी उपर कार्वाही गर्न प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन एवं प्रहरी प्रशासनलाई माग गरेको हो । 

क्याम्पस परिसरमा जारी एक कार्यकमका दौरान अखिल क्रान्तिकारीका सदस्य बीच विवाद सृजना भई झै-झगडा भएको र आम विद्यार्थीकै अनुरोध बमोजिम विवाद समाधानका लागि समन्वय गर्ने क्रममा स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या बहुमुखी क्याम्पसकी स्ववियु अध्यक्ष एंव त्रि.वि विद्यार्थी कल्याण परिषद् सदस्य ज्योति पनेरु र सोही क्याम्पसकी स्ववियु सदस्य पूर्णिमा परियार लगायत अन्य विद्यार्थीहरू माथि समेत आक्रमण गरि घाइते भएका छन् । नेविसंघले घटना प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो संगठनको आन्तरिक विवादलाई समाधान गर्न छाडी विद्यार्थीहरूको साझा संस्था स्ववियुका प्रतिनिधि र विद्यार्थी माथि गरिएको आक्रमणको घोर भर्त्सना गरेको जनाएको छ   । साथै शैक्षिक संस्था भित्र हुने यस्ता अराजक गतिविधिमा जो सुकै संलग्न भए पनि कानुन बमोजिम कारबाही हुनुपर्ने मान्यतामा नेपाल विद्यार्थी संघ अडिक रहेको जानकारी नेविसंघले जनाएको छ ।

घाईते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना सहित घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन एवं प्रहरी प्रशासनलाई जोडदार  माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार