संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस् : पर्यटनमन्त्री

दक्ष खबर 16457+ समाचार ( )
२ अशोज २०८१, बुधवार

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले  संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौँमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश गम्भीर संकटमा रहेकाले नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताउनु भयो । उहाँले काँग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रुपमा मात्रै बुझ्न नहुने बताउनु भयो ।

उहाँले साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताउनु भयो । उहाँले ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई युद्धविराम गरेर नै काँग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छन् । यो दुई पार्टी एक ठाउँमा आउने कुरालाई हामीले केवल राजनीतिक अर्थमा बुझ्यौँ, अथवा काँग्रेस, एमाले लगायतका दलले राजनीतिक अर्थमा बुझे, अरु साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने, फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौँ भने हामीले यो संस्कृतिको प्रतिनिधित्व गरेको, सम्मान गरेको भन्ने बुझिँदैन । दुई वटा ठूला दल एक ठाउँमा आउनुको अर्थ के हो भने ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी छ । सदावाहर ०४८ पछि प्रतिष्पर्धा गर्ने यि दुई दलहरु हुन् । यि दुई दलहरु एक ठाउँमा आउनुको अर्थ देश अफ्ठ्यारोमा छ । हामी एक ठाउँमा, हाम्रा आफ्ना इगोहरुलाई हाम्रो, आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई तिनलाई हामीले अहिले युद्धविराम गरेर तिनलाई स्थगन गरेर हामी देशको परिवर्तन चाहन्छौँ । हामीले संविधान संशोधनको कुरा गर्ने सन्दर्भमा दुई दलले मात्रै संविधान संशोधन गरेर सम्भव पनि छैन । त्यसमा माओवादीको, समाजवादीको, राप्रपा, रास्वपा, जसपा, लोसपा सबैको साथ र सहयोग चाहिन्छ । ति हिसावले पनि यि दुई दल एक ठाउँमा उभिनुको अर्थ हो । दुई वटा मुल दल प्रतिष्पर्धा गर्दैछन् भने हामी जोजो जहाँ छौँ, हामी विद्यार्थी राजनीति गर्दैछौँ भने त्यहाँ पनि तिक्ततालाई कम गर्नुपर्छ । कर्मचारीमा छाैँ भने त्यहाँ पनि तिक्ततालाई कमी गर्नुपर्छ ।’

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताउनु भयो । राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार