काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्र विकास कोष अगाडि रहेको भण्डारखाल प्रवेश द्वारका संरचनाहरू हटाएको छ ।
काठमाडौं महानगरपालिका वडा -८ अन्तरगत पर्ने भण्डारखाल क्षेत्रको संरचना महानगरपालिकाले हटाएको हो ।
पशुपति क्षेत्र विकास कोष अगाडि रहेका चिया पसल, होटल लगायतका अवैध संरचनाहरू हटाइएको कामपा -८ का वडाअध्यक्ष आशामान संगतले जानकारी दिनुभयो ।