कस्ले गर्ला जेन-जीको नेतृत्व ?
२५ भाद्र २०८२, बुधवार
काठमाडौँ । यतिबेला सैनिक मुख्यालय अगाडि सर्वसाधारण जनताहरूको भिड रहेको छ । जेन-जीहरू आज दिनभरि नै आफ्नो नेतृत्व कर्ता छनोट गर्न र आगामी रणनीतिको छलफलमा ब्यस्त रहेको देखिन्छ ।
पछिलो समय पूर्वप्रधान्यायाधिश सुशीला कार्कीको नाम चर्चामा रहेको छ । यो सँगसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नाम पनि चर्चामा रहेको छ ।
जेन-जीहरू आफ्नो अभिभावकत्व लिन बालेन शाहलाई आग्रह गर्दैछन् भने, सामाजिक सञ्जालदेखि सडकसम्म बालेनले जेन-जीहरूको अभिभावकत्व लिनु पर्छ भन्ने माग चौतर्फी रूपमा देखिन्छ ।
हालको अवस्थामा आन्तरिम संविधानमार्फत अगाडि बढ्नुपर्ने परिस्थितिमा राष्ट्रध्यक्ष र सेनाध्यक्षले जेन-जीहरूलाई वार्तामा बोलाएका छन् । उक्त वार्तामा दुर्गा प्रसाईं समेत सहभागी भए ।
सैनिक मुख्यालय अगाडि जनताले सुशील कार्की नहुने बताइरहेका छन् भने, हर्क सापाङ पनि त्यहाँ पुगेका छन् । हर्क सापाङ नेतृत्व लिने तरखरमा रहे पनि जेन-जीहरूले बालेनलाई आफ्नो अभिभावकत्व लिन आग्रह गरिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले सुशीला कार्कीलाई समर्थन गरेेकाे बुझिएको छ । बालने शाह सामाजिक सञ्जालमा, " सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ, लेखेका थिए ।" जेन-जीहरू हाल वार्तामा रहेका छन् ।