काठमाडौँ । नेपालमा पहिलोपटक ‘एग्रिकल्चर गेम रियालिटी शो’ हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रेभुलुस्नरी एग्रिकल्चर वार 'रअ' को औपचारिक घोषणा गरिएको हो ।
शैलेश कँडेल क्षेत्रीको कन्सेप्ट र निर्देशनमा तयार.पारिएको शोको मास्टर होस्टको रुपमा अभिनेता राजेश हमाल रहनु हुनेछ । एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनमा शोको निर्माण गर्न लागिएको निर्देशक शैलेश कँडेल क्षेत्रीले बताउनुभयो ।
शोमा किसान र कृषि प्राविधिकले भाग लिन पाउनेछन् । कृषिमा व्यावसायिक रुपले आवद्ध भएका किसान समूहले पनि भाग लिन पाउने बताइएको छ ।
प्राविधिक समूहमा भने, कम्तिमा बिएस्सी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरुले मात्र भाग लिन पाउने आयोजकले संस्थाले जनाएको छ । प्राविधिकसँग प्राविधिक र कृषकको कृषकबीच प्रतिस्पर्धा हुने छ ।
अभिनेता हमालले, कृषिसम्बन्धी शोमा जोडिन पाउँदा खुसी लागेको र यस विषयमा आफुलाई चासो रहेको समेत बताउनुभयो ।'
‘उहाँले मेरो पनि नवलपुरमा खेतीपाती गर्ने पुख्यौली जमिन छ। त्यहाँ गएर माटोसँग खेल्ने मन छ । माटोसँग खेलेर आफूले केही उब्जाउनु भनेको भंयकर उपलब्धी हो । त्यो ठूलो सिप पनि जोकोहीले गर्न सक्दैन। त्यसैले कृषकप्रति सधैँ गर्व गर्नुपर्ने बताउनुभयो ।
शोको निर्णायकका रुपमा डा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहने बताइएको छ ।