काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७७औँ दिवसका अवसरमा नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेको छ ।
दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो ।
नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् विद्यार्थीहरुको अधिकारका निम्ति स्थापित भएको संस्कृत छात्र संघबाट संसदीय अभ्यासको शुभारम्भ गरेको नवीन इतिहास प्रारम्भ, विद्यार्थी आन्दोलन, विद्यार्थी संगठनको स्थापनाका निम्ति अहम भूमिका निर्वाह गरेको नेपाल विद्यार्थी संघका नेता सुशान्त आचार्यले बताउनुभयो ।
प्रजातान्त्रिक प्रणालीको उत्थान र संवर्धनमा यसले अतुलनीय भूमिका निर्वाहन गरेको उहाँले बताउनुभयो । दीप प्रज्वलन कार्यक्रममा विभिन्न तह र तप्काका व्यक्तीत्वहरूकाे सहभागीता रहेकाे थियाे ।