महासङ्घ र परिसङ्घबीच आर्थिक विकासका विषयमा छलफल

दक्ष खबर 15668+ समाचार ( )
१८ आषाढ २०८०, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिनुभएको हो ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विगतमा पनि सहकार्य गरेर सुखद् नतिजा ल्याउन सफल भएका थियौँ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ ।” अध्यक्ष ढकालका अनुसार महासङ्घ, परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिनेछ । यसैगरी परिसङ्घका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । महासङ्घको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।” परिसङ्घको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसङ्घ र महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार