कार दुर्घटना भएको धोबीखोलामा रिफ्लेक्टर र डोरीको सहयोगमा अस्थायी समाधान

दक्ष खबर 15034+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

काठमाडाैँ । सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोलास्थित पुलछेउमा अस्थायी समाधान गरिएको छ । गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीवार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो ।

सिंहदरबार प्रहरी वृत्तका  प्रहरी वरिष्ठ उपरीक्षक गंगाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताउनुभयो । उहाँले स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हालसालै पनि यहाँ एउटा कार दुर्घटना भयो तर मानवीय क्षति हुन पाएन । ठूलो दुर्घटनाबाट हामी जोगियौँ । तर सडकको पेटी हेर्दाखेरि चाहिँ ड्राइभरसँग पनि हामीले कुरा ग-यौँ, ड्राइभर झुक्किएको भन्ने उहाँहरुले कुरा गर्नुभयो । पुल यहाँ छ पुलको ट्रनिङ त्यहीँ होला भनेर झुक्किएको भन्नुभयो । बारम्बार यस्ता घटना हुनसक्छन् भन्ने हिसाबमा हामीले समन्वय ग-यौँ । यसको दीर्घकालीन बार लगाउने कुरा  टेण्डरको प्रोसेसमा भएको र बन्नका लागि केही समय लाग्ने भएकाले तत्काल सम्भावित दुर्घटना रोक्नका लागि अहिले यो रिफ्लेक्टर र डोरी राखेपछि दीर्घकालीन बार नबनेसम्म यसले केही न केही त रोक्ला । हामीसँग भएको स्रोतबाट जुगाडवाला आइडिया गरेका छौँ ।  यहाँ हामीलाई स्थानीयहरुबाट पनि सहयोग र सकारात्मक फिडब्याक आएको छ, उहाँहरुलाई नै साथमा लिएर यो गरेको हो ।’

गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो । मानवीय क्षति नभएपनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रुपमा लिइएको छ । भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरुले आग्रह गरेका छन् । न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार