बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको छ : गभर्नर

दक्ष खबर 16457+ समाचार ( )
१० पौष २०८१, बिहीबार

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको बताउनु भये । उहाँले साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बतउनु भयो । राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता जनाउनु भयो । कर्जा बिस्तारमा लाग्न बैंकहरुलाई आग्रह समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बैंकिङ आफैँमा कति चुनौतिपूर्ण छ यहाँहरु सबैलाई थाहा छ । कतिले अहिले बैंकहरु कुनै वित्तीय संस्थाहरु समस्यामा छन् की भनेर हल्ला फैल्याउने, अफवाह फैल्याउने, चाहिँदो, नचाहिँदो कुराहरु सोसल मिडियामा राख्ने । छोटो कुराहरु राख्यो, मिडियामा । वास्तविक कुराहरु आउँदैन । अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न कुनैपनि वित्तीय संस्थालाई । हाम्रो कुनैपनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ । डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभुति नै हो ।’

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भयो । नेपाल राष्ट्र बैंक कुनैपनि निक्षेप कर्तालाई घाटामा पर्न नदिने बताउनु भयो ।न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार