ओपन इन्टरनेस्नल लेवल कराते च्याम्पियनसिपमा २२ स्वर्ण सहित नेपाल प्रथम

दक्ष खबर 15672+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

काठमाडौँ । पाचौँ शिमोगा ओपन इन्टरनेस्नल लेवल कराते च्याम्पियनसिप २०२४ मा नेपाल २२ स्वर्ण सहित प्रथम भएको छ । शनिबार र आईतबार भएको प्रतियोगितामा भारत दोस्रो तथा श्रींलङ्का भएको हो । 

नेपालले प्रतियोगितामा जम्मा २२ स्वर्ण ३ रजत र १ कास्य पदक हासिल गर्दै प्रथम स्थान हासिँल गरेको हो । प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले नेपालले महत्त्वपूर्ण खेल खेल्दै २२ स्वर्ण सहित प्रथम स्थान हात पारेको बताउनुभयो । 

त्यस्तै, च्याम्पियनसिपको निर्णायकका रूपमा अजय भक्त श्रेष्ठ, अफिसियल भेश राज पौडेल सहित १३ जना खेलाडीहरू भारत प्रस्थान गरेका थिए । 

जसमा खेलाडीहरू रन्जन कुमार सापकोटाले २ स्वर्ण र १ रजत हात परेका थिए भने, सन्देश कार्कीले २ स्वर्ण, निशान तामाङले २ स्वर्ण, विकल्प पाण्डेले २ स्वर्ण, सुहाना कार्कीले १ स्वर्ण र १ रजत, सुस्तिका कुमारीले २ स्वर्ण, शिशिर नेपालीले २ स्वर्ण, एलेक्स तामाङले १ स्वर्ण १ कास्य, संकल्प तामाङले १ स्वर्ण १ रजत, युवराज गोलेले २ स्वर्ण, बिबेक तामाङले २ स्वर्ण,  शीर्षक कार्कीले २ स्वर्ण र नितिशा बुढाथोकीले १ स्वर्ण १ रजत हात पारे । 

मावली सोतोकान कराते डो संघ नेपालबाट नेपालको प्रतिनिधित्व गरेर १३ जना खेलाडी सहित प्रशिक्षार्थी सहित १५ खेल्न भारत गत भदौ २० गते भारतको कर्नाटक राज्य सिमोगा सिटि प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार